हामिले आफ्नो मातृभुमि देश नेपाललाई पराई दुस्मनिको हातमा पर्न दिनु हुदैन।त्यसैले यो आज फागुन २१गतेको चुनाब हुन बाट रोकौ।र हामी वीर पुर्खा बहादुर बिश्वबिजेता माहा पुरूष का सन्तति हौ।हाम्रो ईतिहास हाम्रा पुर्खाहरूले हामी जन्मिनु भन्दा अगाडि नै बिश्वमानचित्रमा स्वर्ण अक्षेरले लेखाएर नेपाल देश वीर बिरङ्गणाहरूका देश हो ।जुन देशमा बिश्वका शक्ति मुलुकहरू कसैले पनि सोझो नजर लगाउन सक्दैनन।भन्ने बिश्वमा छाप छोडेकाथिए।त्यहि वीर पुरूषका सन्तति भएको नाताले हामिलाई बिश्वले आजपनि कदर गर्दै।सम्मान गर्ने गरेकाछन।तर अहिले नालायक लोभिपापि, पाखण्डि, जालिझेलि बेईमानिहरूले त्यो हाम्रो ईतिहास लाई मेटाउने कोसिस गर्दै।भिखारि सस्कारबाट हुर्किएका भिख मागेर खानु नै कर्तब्य ठान्नेहरूका सन्सानहरूले केही समय देखि देशको शासन सत्ता चलाउनाले आज देश भिखारिको देशको नामले परिचित गराउने कोसिस गर्दैछन।हामिले यहि कुरालाई मध्येनजर गर्दै।यो चुनाब गराउनु भन्दा पहिला हामी नेपाली सबै एक ठाउमा बसौ।छलफल गरौ।गल्ति कमिकम्जोरि भए गरेकाहरूलाई पनि सङ्गै हिडने वातावरण बनाउ जसले बिश्वमा फेरि नेपालिहरू आफ्नो देश र सन्ततिहरूका लागि जहिले पनि एक भएर उठेर कुनै पनि सत्रुहरूलाई नेपालमा पाईला टेक्न दिदैनन।किनकि उनिहरूको ईतिहास देखि नै त्यहि सस्कार छ।त्यहि सुत्रमा सधै अडिग छन।भन्ने सन्देश दिएर अगाडि बढौ।भन्ने उदेश्यले याे चुनाब अहिले नगराउ। पहिला सर्बपक्षिय सहमति,सहकार्य र नया बाटो बाट अगाडि बढौ।भनेर चुनाब अगाडि हामी सारा देश भक्त,स्वतन्त्र,राष्ट्रबादि नेपाली जनता र राजा सहित को अपिल थियो ।तर देश र जनताका सत्रु बिदेशिका दास नोकर,हलिगोठालोहरूले उनिहरूका मालिकको आदेशको अगाडि हाम्रो कुरोलाई सुन्न सम्म चाहेनन।आज जेनतेन जबरजस्त चुनाबको नाटक मनचन गर्न सफल भए।तर नेपाली जनताको यो चुनाबमा उपस्थिति अत्यान्त कम रहेकोछ।जनसङ्ख्याको आधारमा भोटरलिस्टको आधारमा ५०देखि ६०%मात्र जनता चुनाबमा भोट हाल्न उपस्थित भएको अनुमान छ।यो बिषयमा भोलि बाट मतसर्बेक्षण हुने नै छ।यसले के सन्देश दिनेछ भने?यो देशमा अझ पनि देश भक्त,स्वतन्त्र,राष्ट्रबादि नेपाली जनता ४०देखि ५०%नेपाली जनता देशको पक्षमा रहेछन।भन्ने प्रमाणित हुनेछ।अब हामी आफ्नो देशको अस्तित्व,अस्मिता,राष्ट्र,राष्ट्रियता,सम्प्रभुता,स्वाधिनता र स्वाभिमानको पक्षमा अडिग भै अटल रहि देशका सत्रुसङ्ग झुक्नेछैनौ। देश र जनताका बैरि सत्रुहरूलाई पराजित गरि हामी देशको सिर झुक्न दिनेछैनौ।र अझ विश्व सामु देशलाई सर्बसक्तिमान देशको रूपमा उदय गराउनेछौ। यो हाम्रो प्रतिज्ञा हो ।अठोट हो।जिम्मेवारी र कर्तब्य हो।
Read More: