रंगभेदी पुरातनवादी चिन्तनको पर्खाल ढाल्दै |
संकिर्ण सोच र जातिय अतिवादको जन्जीर तोड्न |
युगौ देखिको शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार सधैको लागी अन्त्य गर्दै |
२१सौ सतावदीमा नयाँ इतिहासको रुप रेखा कोर्दै , मानवतावादको सिद्धान्त लागु गर्न |
तेस्रो जनआन्दोलन अपरिहार्य भएको हुदा शान्तिपूर्ण तेस्रो जनआन्दोलनमा सम्पूर्ण नेपाली जनता तयार हौ | भन्दै
“ तेस्रो जनआन्दोलन घोषणा गर्दछौ ”
प्रतिबद्धता :-
• प्रत्येक नेपालीलाई दैनिक १००/- रुपैयाँ भत्ता अनिवार्य उपलब्ध गराइनेछ,
• गरीबी र सुकुम्वासी समस्या समाधान गर्न पहाडमा २५ देखि ३० रोपनी र तराईमा १० देखि १५ कट्टा जग्गा प्रबन्ध मिलाइने,
• १२ कक्षासम्म निःशुल्क पठनपाठन व्यवस्था मिलाइँदै दक्ष जनशक्ति तयार पारिने,
• स्वास्थ्यमा जटिल रोगको शल्यक्रियाबाहेक सबै उपचार निःशुल्क गरिने,
• सातदेखि आठ घन्टा अनिवार्य काम गर्ने व्यवस्था गरी बेरोजगारी अन्त्य गरिने,
• नेपालमा १२५ जातजातिको बसोवास रहेको हुँदा उनीहरूलाई १५ देखि २५ वर्षसम्मका लागि समानुपातिक प्रतिनिधित्व गराउन प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमा १२५ र समानुपातिकतर्फ १२५ गरी २५० र राष्ट्रियसभामा ३५ जना रहनेगरी नयाँ व्यवस्था गरिने,
• ७७ जिल्लामध्ये खोटाङमा सबैभन्दा धेरै जडीबुटी पाइने भएकाले जडीबुटीसम्बन्धी विश्वविद्यालय स्थापना गरिने,
• सबै किसिमका भेदभाव अन्त्य गर्ने समतामूलक समाज निर्माण गरी मानवतावादी सिद्धान्त लागू गरिने ।
Read More
2 thoughts on “तेस्रो जनआन्दोलनको घोषणा”